अल्फाबिटा कम्प्लेक्सको बेसमेन्टमा डोजर चलाइँदै, बालेनले देखाए ‘पार्किङ’ लेखिएको नक्सा

काठमाडौं ः काठमाडौं महानगरपालिको बुद्धनगरस्थित अल्फाबिटा कम्प्लेक्सको बेसमेन्ट भत्काइने भएको छ।
मापदण्डविपरीत बेसमेन्टको दुरुपयोग गरिएको भन्दै महानगरले डोजर लगाएर भत्काउन लागेको हो।
बिहीबार विहान अल्फाबिटा कम्प्लेक्समा पुगेर अनुगमन गरेका शाहले डोजरसहित कम्प्लेक्स पुगेका छन्। उनले उक्त कम्प्लेक्सको नक्सामा ‘पाार्किङ’ लेखिएकोसमेत देखाएका छन्।
विहान कम्प्लेक्सका मालिक द्विराज शिवाकोटीसँग विवाद भएपछि प्रमुख शाहले नक्साको अध्ययनका लागि महानगरको कार्यालय पुगेका थिए।
अध्ययनपछि अल्फाबिटाले बेसमेन्टको अनधिकृत प्रयोग गरेको निष्कर्ष निकाल्दै प्रमुख शाह डोजरसहित पुगेका हुन्।
अल्फाबिटाले पार्किङका लागि प्रयोग गर्नुपर्ने बेसमेन्ट अवैध तरिकाले व्यवसायिक प्रयोजनमा भाडामा लगाएको महानगरले जनाएको छ।
भदौ ९, २०७९ बिहीबार १५:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।