बोल्दै गर्दा दुईपटक माइक बिग्रिएपछि फु–फु गर्दै माधव नेपालले भने, ‘कतै भाइरस पस्या त छैन?’

बोल्दै गर्दा दुईपटक माइक बिग्रिएपछि फु–फु गर्दै माधव नेपालले भने, ‘कतै भाइरस पस्या त छैन?’

काठमाडौं : एकीकृत समाजवादीको पार्टी पुनर्गठन दिवस थापागाउँको एक पार्टी प्यालेसमा भयो।

कार्यक्रम समापनको क्रममा सम्बोधन गर्न आएका अध्यक्ष माधवकुमार नेपाल बोल्न थाल्नेबित्तिकै माइकले काम गर्न छाड्यो।

माइक बिग्रिएपछि एकछिन खैलाबैला पनि भयो। बनेपछि अध्यक्ष नेपालले त्यहाँ रहेको प्राविधिकरूलाई भने, ‘अब नबिगार्नुस् है!’

तर उनले सहज तरिकाले भाषण गर्न पाएनन्। उनी बोल्दै गर्दा फेरि बिग्रियो माइक।

आवाज नै नआएपछि उनले पटक–पटक फु–फु गरेर परीक्षण पनि गर्दै भने, ‘कतै भाइरस त पस्या छैन हेर्नुस् है त!’

पाेडियममा राखेकाे माइकले काम नगरेपछि उनले अर्काे माइक हातमै लिएर भाषण गर्न थाले।

भदौ ९, २०७९ बिहीबार १४:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।