ओली नेतृत्त्वको एमाले दक्षिणपन्थी अवसरको दलदलमा फस्दै गयो : झलनाथ खनाल

काठमाडौं : एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले केपी शर्मा ओली नेतृत्त्वको एमाले दक्षिणपन्थी अवसरको दलदलमा फस्दै गएको बताएका छन्।
बिहीबार पार्टीको पुनर्गठन कार्यक्रममा सम्बोधन गर्दै सम्मानित नेता खनालले एमालेको ओली गुट दक्षिणपन्थी अवसरवादी नीति र कार्यदिशाविरुद्ध विद्रोह गरेको एक वर्ष भएको बताए।
नेता खनालले अझै पनि विद्रोहको क्रम जारी रहेको धेरै साथीहरू एमालेबाट एकीकृत समाजवादीमा आउने क्रम जारी रहेको बताए।
‘ओली गुट दक्षिणपन्थी अवसरको दलदलभित्र फस्दै गयो,’ उनले भने, ‘अहिले पनि थुप्रै साथीहरू विद्रोह गरेर आउने क्रम जारी छ।’
नेता खनालले गठबन्धनको भर पर्द पार्टीको संगठन विस्तार, विकास र निर्माणमा हुने विजयमा असर परेको बताए। उनले यस्ता गतिविधिबाट होसियार हुनुपर्ने भन्दै आफूले गरेका कामहरूलाई सिंहले जस्तै पछडि फर्केर हेर्नुपर्ने बताए।
मुखपत्रको पहिलो अंक पनि निकाल्न नसकेको भन्दै उनले दोस्रो वर्षमा गर्नुपर्ने कामको बारेमा स्पष्ट हुनुपर्ने धारणा राखे।
भदौ ९, २०७९ बिहीबार १४:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।