एकीकृत समाजवादी पुनर्गठन दिवस : नेताको अनुहार हेरेर भाषण सुन्ने धोको अधुरो, कार्यकर्तालाई पार्किङमा राखेपछि सडक अस्तव्यस्त

एकीकृत समाजवादी पुनर्गठन दिवस : नेताको अनुहार हेरेर भाषण सुन्ने धोको अधुरो, कार्यकर्तालाई पार्किङमा राखेपछि सडक अस्तव्यस्त

काठमाडौं : एकीकृत समाजवादीको पार्टी पुनर्गठन दिवस काठमाडौंको थापागाउँस्थित अर्पण बैन्क्वेटमा जारी छ।

दिवसको अवसरमा गरिएको कार्यक्रममा केही रोचक र केही घोचक दृश्य देखिएको छ। बैन्क्वेटको हल सानो भएपछि कार्यक्रममा सहभागीहरूले प्रमुख वक्ताको भाषण लाउडस्पिकरमा सुनिरहेका छन्।

कार्यक्रममा नेताका अनुहार हेरेर भाषण सुनौंला भनेर आएका आधाभन्दा बढी कार्र्यकर्तालाई बाहिर पार्किङ क्षेत्रमा टेन्ट राखेर व्यवस्थापन गरिएको छ।

पार्किङमा सहभागीलाई राखिएपछि थापागाउँको मूल सडकसम्म सवारी जाम छ। नेता तथा कार्यकर्ताका सवारी साधन बाटाभरी छन्। जसले गर्दा नयाँ बानेश्वर–अनामनगर बाटो अस्तव्यस्त बनेको छ।

भदौ ९, २०७९ बिहीबार १४:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।