एमाले पोलिटब्यूरो बैठक जारी, भोलि केन्द्रीय कमिटीमा पेश हुने प्रतिवेदनबारे ओलीले जानकारी गराउने

काठमाडौं: नेकपा एमालेको पोलिटब्यूरो बैठक बसिरहेको छ। ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा जारी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार केन्द्रीय कमिटीमा पेश गर्ने राजनीतिक प्रतिवेदनबारे जानकारी गराउने छन्।
यही भदौ १० र ११ गते पार्टीको केन्द्रीय कमिटी बैठकको आयोजना गरिएको छ।
एमालेले मङ्सिर ४ गते तोकिएको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावलाई केन्द्रित गरी सचिवालय, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठकको आयोजना गरेको छ।
बैठकमा अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा पेश गर्ने प्रतिवेदनमाथि पोलिटब्यूरो सदस्यले धारणा राख्नेछन्।
भदौ ९, २०७९ बिहीबार १३:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।