सुन तोलामा पाँच सय रुपैयाँले बढ्यो, चाँदी १० रुपैयाँले

काठमाडौं: नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन तोलामा पाँच सय रुपैयाँले उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९५ हजार ८०० कायम भएको छ। यस्तै तेजाबी सुनको मूल्य ९५ हजार ३०० तोकिएको छ।
महासंघका अनुसार आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला एक हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ।
भदौ ९, २०७९ बिहीबार ११:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।