सासू कुट्ने दुई बुहारी पक्राउ, प्रहरीले नाम सार्वजनिक गरेन

काठमाडौं: अछाममा मानसिक सन्तुलन गुमाएकी सासूलाई कुट्ने दुई बुहारी पक्राउ परेका छन्। पञ्चदेवल विनायक नगरपालिका–६ की ५० वर्षीया जैसरा न्यौपानेलाई कुटपिट गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।
प्रहरीले कुटपिट गर्ने बुहारीको नाम सार्वजनिक गरेको छैन।
सासूमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको अनुसन्धान गर्न न्यौपानेका दुई बुहारीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए।
सार्वजनिक भएको भिडियोमा उनीहरूले न्यौपानेलाई यातना दिँदै लछारपछार गरेको देखिन्छ। स्थानीयका अनुसार मानसिक सन्तुलन गुमाएकी न्यौपाने बोल्नसक्दिनन्। उनका श्रीमान् समेत शारीरिकरूमा अपाङ्ग छन्।
भदौ ९, २०७९ बिहीबार १०:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।