अस्पतालबाट भागेका कैदी बुढाथोकी लुभुबाट पक्राउ

अस्पतालबाट भागेका कैदी बुढाथोकी लुभुबाट पक्राउ

काठमाडौं: शिक्षण अस्पताल महाराजगञ्जबाट भागेका कैदी ललितपुरको लुभुबाट पक्राउ परेका छन्। आँखामा समस्या भएको भन्दै उपचारका लागि अस्पताल पुर्याइएका कैदी रामेछाप पिल्पुङग गाउँपालिका- २ का ३१ वर्षीय भोला बुढाथोकी बुधबार भागेका थिए।

आज बिहान जिल्ला प्रहरी परिसर ललितपुरका वरिष्ठ प्रहरी नायब निरीक्षक रमेश बजगाईँ नेतृत्त्वको टोलीले बुढाथोकीलाई पक्राउ गरेको हो।

बुढाथोकी हत्या अभियोगमा २०७२ सालदेखि २० वर्षे कैद भुक्तान गरिरहेका छन्। तर बुधबार हतकडीसहितै उनी भागे। यस घटनामा मिलेमतोको आशंकामा प्रहरीले गए राति नै छानबिन समिति गठन गरिसकेको छ।

समितिमा प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा चार सदस्य छन्।

कैदी फरार प्रकरण: छानबिन समितिद्वारा अनुसन्धान जारी

अस्पताल लगिएका कैदी हतकडीसहित भागे, प्रहरी निलम्बन गरी छानबिन समिति गठन

यसअघि काठमाडौं उपत्यका प्रहरी कार्यालयले कैदी फरार रहेको भन्दै अनाश्रित गुल्म नख्खुको कार्यालय प्रमुखलाई जिम्मेवारीबाट हटाइ कैदीबन्दीको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई निलम्बन समेत गरिसकेको छ।

समितिले घटनाको अनुसन्धान गरिरहेको छ।

भदौ ९, २०७९ बिहीबार १०:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।