एकीकृत समाजवादीले ताप्लेजुङमा टुङ्ग्यायो उम्मेदवार

काठमाडौं: एकीकृत समाजवादीले मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको लागि आफ्नो उम्मेदवार टुङ्गो लगाएको छ। पार्टीले ताप्लेजुङ जिल्लामा उम्मेदवार टुङ्ग्याएको हो।
जसअनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फ हर्क यक्सो, कल्पना तुम्बाहाम्फे र मुकुन्द भट्टराईको नाम सिफारिस गरिएको छ। पार्टीका जिल्ला अध्यक्ष छिरिङ लामाका अनुसार यस्तै प्रतिनिधि सभाको समानुपातिकतर्फ अम्बिका राजभण्डारी, डम्बरबहादुर तुम्बाहाम्फे र त्रिलोचन गुरागाईँलाई सिफारिस गर्ने निर्णय भएको छ।
यस्तै प्रदेश सभा (क) को प्रत्यक्षतर्फ शम्भु गौतम, सुनिता मादेन र डालकुमार गुरुङ तथा प्रदेश सभा (ख)को प्रत्यक्षतर्फ खेमबहादुर वनेम, मञ्जु पौडेल भट्टराई र ठाकुरसिंह नाल्वोलाई उम्मेदवार बनाउन सिफारिस गर्ने निर्णय गरिएको छ।
प्रदेश सभा (क) को समानुपातिकतर्फ नीताकुमारी सिवा र अमर लोहार तथा प्रदेश सभा (ख)तर्फ आरसी पोमु र देवीमाया नेपालीको नाम सिफारिस गरिएको अध्यक्ष लामाले जानकारी दिए।
भदौ ९, २०७९ बिहीबार ०९:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।