ट्र्याक्टर पल्टिँदा युवकको मृत्यु, बालक घाइते

ट्र्याक्टर पल्टिँदा युवकको मृत्यु, बालक घाइते

डोटी: बोगटान फुड्सिल गाउँपालिका- ७ फुल्लेढुंगामा हिजो साँझ ट्र्याक्टर पल्टिँदा एक युवकको मृत्यु भएको छ। सोही दुर्घटनामा एक बालक घाइते भएका छन्।

मृत्यु हुनेमा ट्र्याक्टरमा सवार स्थानीय १७ वर्षीय जीवन भुल रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका सोही ठाउँका नारायण बमका १३ वर्षीय छोरा पारसको उपचार भने स्थानीय अस्पताल भइरहेको छ। हिजो साँझ साढे ६ बजे सुदूरपश्चिम प्रदेश-०१-००२त ४७७६ नम्बरको बालुवा बोकेको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको थियो।

ट्र्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

भदौ ९, २०७९ बिहीबार ०९:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।