प्रदेश १, बागमती र गण्डकीमा चट्याङसहित पानी पर्ने सम्भावना

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिणमा र पूर्वतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको छ।
यतिबेला बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो लुम्बिनी प्रदेश र मधेश प्रदेशका एक-दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
भदौ ९, २०७९ बिहीबार ०७:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।