कैदी फरार प्रकरण: छानबिन समितिद्वारा अनुसन्धान जारी

काठमाडौं: त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि लगिएका कैदी फरार भएको घटनाको सम्बन्धमा अध्ययन गर्न नेपाल प्रहरीले छानबिन समिति गठन गरेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयले बुधबार उपचारका लागि अस्पताल लगेको रामेछाप पिल्पुङग गाउँपालिका वडा नं २ का ३१ वर्षीय भोला बुढाथोकी फरार भएका थिए।
अध्ययन गर्न कार्यालयका प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन भएको छ।
फरार बुढाथोकी अनाश्रित गुल्म नख्खु ललितपुरको कारागारमा रहेका थिए।
काठमाडौं उपत्यका प्रहरी कार्यालयले कैदी फरार रहेको भन्दै अनाश्रित गुल्म नख्खुको कार्यालय प्रमुखलाई जिम्मेवारीबाट हटाइ कैदीबन्दीको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई निलम्बनसमेत गरेको छ।
घटनाको बारेमा आवश्यक छानबिन भइरहेको सो कार्यालयले जनाएको छ।
भदौ ९, २०७९ बिहीबार ०७:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।