कांग्रेस नेताहरूलाई प्रधानमन्त्रीको सन्देश : राष्ट्रपतिले राजीनामा दिने भइन्

कांग्रेस नेताहरूलाई प्रधानमन्त्रीको सन्देश : राष्ट्रपतिले राजीनामा दिने भइन्

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका नेताहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारी राजीनामा दिने तयारीमा रहेको बताएका छन्।

उनले नागरिकता विधेयकमा असहमति जनाउँदै आफूले फिर्ता पठाएको विधेयक जस्ता त्यस्तै जारी गर्न पठाए राजीनामा दिने सन्देश पठाएको आफू निकट नेताहरूलाई जानकारी गराएको स्रोतले बतायो।

कांग्रेस सभापति देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलका विषयमा समेत जानकारी गराउँदै राष्ट्रपतिले राजीनामाका लागि सैनिक नेतृत्वसँग समेत छलफल गरिसकेको र नागरिकता विधेयक जस्ताको त्यस्तै आए राजीनामा दिने सन्देश दिइसकेको स्रोतले बतायो।

भदौ ८, २०७९ बुधबार २०:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।