प्रधानन्यायाधीश राणामाथिको महाअभियोगमा सभामुखलाई घेर्दै एमाले

प्रधानन्यायाधीश राणामाथिको महाअभियोगमा सभामुखलाई घेर्दै एमाले

काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमा प्रमुख प्रतिपक्षी दल एमालेले सभामुखलाई घेर्ने प्रयास गर्दै तीन बुँदे फरक मत राखेको छ।

उसले प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिको बुधवारको बैठकमा महाअभियोगपछि सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै लिखित रूपमै आफ्नो फरक मत राखेको हो।

उसले समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टलाई फरक मत बुझाएको हो।

समितिमा रहेका एमालेका सांसद विष्णु पौडेलले बुझाएको फरक मतमा महाअभियोग प्रस्ताव प्रतिनिधिसभा सचिवालयमा दर्ता भएकामा समितिमा पठाउन ढिलाइ गर्नुको कारण सभामुखसँग माग गर्नुपर्ने उल्लेख छ।

प्रतिनिधिसभा नियमावलीअनुसार महाअभियोगमाथि छानबिनका लागि समितिले ३ महिना समय पाउनुपर्नेमा नपाउने अवस्था आउनुको कारण र समितिको प्रतिवेदन संसद्मा पेस हुने र निर्णयार्थ पेस हुने सुनिश्चितता माग गरेको छ।

फरक मतमा विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे र कृष्णभक्त पोखरेलले हस्ताक्षर रहेको छ।

भदौ ८, २०७९ बुधबार १७:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।