निलम्बित प्रधानन्यायाधीश राणालाई बयानमा बोलायो समितिले

काठमाडौँ : महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई बयानमा बोलाएको छ। समितिले राणालाई भदौ १५ गते बिहान ११ बजे बयानका लागि बोलाएको हो।
महाअभियोग लागेसँगै राणा निलम्बनमा छन्। उनीविरुद्ध सत्ताधारी दलका सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गरे पनि लामो समयदेखि टुङ्गिएको छैन।
समितिले अध्ययन सकेर १८ वा १९ भदौमा प्रतिनिधिसभालाई प्रतिवेदन बुझाउने कार्यतालिका पारित गरिसकेको छ। महाअभियोगमा प्रमुख प्रतिपक्षो दल एमाले असहमत रहेकाले पारित हुने सम्भावना भने कम देखिन्छ।
भदौ ८, २०७९ बुधबार १६:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।