नेप्से अङ्क बढ्यो तर कारोबार रकम बढेन

नेप्से अङ्क बढ्यो तर कारोबार रकम बढेन

काठमाडौँ : साताको चौथो दिनको कारोबारमा सेयर बजार परिसूचक नेप्से २.८७ अङ्क (०.१४ प्रतिशत) ले वृद्धि भएर २०५७.८५ अङ्कमा बन्द भए पनि कारोबार रकम भने बढेन।

बुधवार एक अर्ब ५२ करोडको मात्रै कारोबार भयो। आइतबार २ अर्ब माथि, सोमबार १ अर्ब ७३ करोड र मङ्गलवार १ अर्ब ३३ करोडको कारोबार भएको थियो।

बुधवार ३६ लाख ७८ हजार ७०५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५२ करोड ६१ लाख ८६ हजारको कारोबार भयो। अरुण कावेली पावरको १६ करोड ९२ लाख ६६ हजारको कारोबार भयो। अपी पावरको ८ करोड ८ लाख २५ हजार र रिडी हाइड्रोपावरको ५ करोड ६४ लाख ६८ हजारको सेयर कारोबार भयो।

मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत र अपर हेवाखोला जलविद्युत् कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सर्किट लेभलमा बन्द भयो। रुरु जलविद्युत् कम्पनीको सेयर मूल्य ५.८६ प्रतिशतले बढ्यो।

सिद्धार्थ इक्विटी फन्डको इकाई मूल्य ३.५८ प्रतिशतले घट्यो। गोर्खाज फाइनान्सको सेयर मूल्य २.३६ प्रतिशत र एनएलजी इन्स्योरेन्सको सेयर मूल्य २.३१ प्रतिशतले घट्यो।

भदौ ८, २०७९ बुधबार १६:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।