आठ महिनाअघि होटलमा लगेर किशोरी बलात्कारको आरोपमा युवक पक्राउ

झापा : १७ वर्षीय किशोरीलाई आठ महिनाअघि होटलमा लगेर बलात्कार गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका–१ बस्ने ३२ वर्षीय उज्वल खुलाल रहेको ईलाका प्रहरी कार्यालय, धुलाबारीले जनाएको छ। उनलाई मंगलबार पक्राउ गरिएको हो।
खुलालले किशोरीलाई २०७८ माघ १० गते राति बुद्धशान्ति गाउँपालिका–१ पुलचोकस्थित होटल र पुनः ईलाम हर्कटेस्थित होटलमा लगि बलात्कार गरेको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
भदौ ८, २०७९ बुधबार १३:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।