अवैध संरचना हटाउन डोजरसहित फिल्डमा बालेन, जिल्ला अदालतको अन्डरग्राउन्ड पनि खाली गराइने

अवैध संरचना हटाउन डोजरसहित फिल्डमा बालेन, जिल्ला अदालतको अन्डरग्राउन्ड पनि खाली गराइने

काठमाडौं : काठमाडौं महानगरपालिकाले नक्सापास भन्दा बाहेकका अवैध संरचना हटाउने अभियान सुरु गरेको छ।

नक्सापास बाहेकका अवैध संरचना भत्काउन यसअघि नै ३५ दिने सूचना जारी गरेको महानगरले म्याद सकिएपछि डोजरसहित फिल्डमा खटिएर अवैध संरचना हटाउन थालेको हो।

बुधबार विहानैदेखि सुन्धारस्थित काठमाडौं मलअगाडि, खिचापोखरीमा रहेको आरबी कम्प्लेक्स अगाडि र न्यूरोडमा अवैध संरचना हतटाउ महानगर सक्रिय छ।

मेयर बालेन शाहकै उपस्थितिमा नक्सापास विना बनाइएका अवैध संरचनाहरू धमाधम भत्काउन थालिएको हो।

यसैबीच मेयर शाहले सबैखालका अवैधानिक संरचना हटाएर छाड्ने बताएका छन्। न्यूरोडमा संरचन भत्काउने क्रममा उनले जिल्ला अदालतको पार्किङसमेत खाली गराइने बताए।

भदौ ८, २०७९ बुधबार १३:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।