देउवासँग गुनासो पोख्न बालुवाटारमा ओली, निष्पक्ष र शान्तिपूर्ण निर्वाचनको माग

देउवासँग गुनासो पोख्न बालुवाटारमा ओली, निष्पक्ष र शान्तिपूर्ण निर्वाचनको माग

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली बुधबार विहानै उपाध्यक्षहरू सुवास नेम्वाङ र विष्णु पौडेललाई लिएर ६ महिनापछि प्रधानमन्त्री निवास बालुवाटार पुगे।

सरकारका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित झण्डै २ घन्टा चलेको वार्तामा उनले सरकारप्रति आफ्ना गुनासो पोखे।

छलफलमा ओलीले निर्वाचनको मिति घोषणा, संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र नागरिकता विधेयकबारे आफूहरूसँग छलफल नगरेकोप्रति असन्तुष्टि व्यक्त गरे।

निष्पक्ष, शान्तिपूर्ण र धाँधलीरहित निर्वाचन हुनुपर्ने माग गरेका उनले दिनप्रतिदिन बढिरहेको महंगीका सन्दर्भमा पनि प्रधानमन्त्ती देउवासँग जिज्ञासा राखे।

प्रधानमन्त्री देउवाले ओलीले उठाएका विषयमा सकारात्मक जवाफ दिएको र कमजोरी भएका ठाउँम सुधार्दै जाने बताएको एमाले उपाध्यक्ष नेम्वाङले जानकारी दिए।

भदौ ८, २०७९ बुधबार १३:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।