तोलामा तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य

तोलामा तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं : साताको चौथो दिन सुनको मूल्य ३ सय रूपैयाँले बढेको छ।

मंगलबार प्रतितोला ९५ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार ९५ हजार ३ सय रूपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजावी सुनमा पनि तीन सय रूपैयाँले वृद्धि भएर बुधबार ९४ हजार ८ सय कायम भएको छ।

यस्तै, बुधबार चाँदीमा प्रतितोला पाँच रूपैयाँ वृद्धि भएर तोलाको ९ सय ९९ रूपैयाँ कायम भएको छ। 

भदौ ८, २०७९ बुधबार १२:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।