प्रदीप गिरिको एजेण्डा अघि बढाउन सरिता गिरि बनिन् स्वतन्त्र, भनिन्– ‘सद्भावना पार्टीलाई मेरो सद्भावना छ’

प्रदीप गिरिको एजेण्डा अघि बढाउन सरिता गिरि बनिन् स्वतन्त्र, भनिन्– ‘सद्भावना पार्टीलाई मेरो सद्भावना छ’
प्रदीप गिरिको पार्थिव शरीरमा अन्तिम श्रद्धान्जली दिँदै नेतृ सरिता गिरि। तस्वीरः दीपेन्द्र अधिकारी/उकेरा

काठमाडौं : प्रदीप गिरिको एजेण्डा अघि बढाउने भन्दै प्रवेश गरेको एक महिनामै सरिता गिरिले नेपाल सद्भावना पार्टी छाडेकी छन्।

साउन ७ गते पार्टी प्रवेश गरेकी उनले सामाजिक सञ्जालमार्फत आफू स्वतन्त्र भएको घोषणा गरिन्।

उनले भनिन्, ‘दिवगंत प्रदीप गिरिजीको राजनीतिक र सामाजिक रुपान्तरणको एजेण्डा अघि बढाउन उहाँको अनितम इच्छाअनुसार म नेपाल सद्भावना पार्टीबाट स्वतन्त्र भएको घोषणा गर्दछु।’

कठिन समयमा अत्यन्त कठिन निर्णय लिएको भन्दै गिरिले ०७४ सालदेखि निरन्तर सिरहा, लहानमा बसी काम गर्दै आएको र त्यही जनताबीच मेरो कर्मभूमी रहने उल्लेख गरेकी छन्।

उनले नेपाल सद्भावना पार्टीलाई आफ्नो सधैँ सद्भावना रहेको बताइन्।

भदौ ८, २०७९ बुधबार १०:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।