सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बुधबार पनि

काठमाडौं : सत्ता गठबनन्धनको सिट बाँडफाँट गर्न गठित कार्यदलको बैठक बुधबार पनि बस्नेछ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बस्ने कार्यदलका सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
पछिल्लो केही दिनदेखि लगातार कार्यदलको बैठक बसिरहे पनि निष्कर्ष भने निस्किएको छैन। कार्कीले छलफल जारी रहेको र सकारात्मक भएको भन्दै छिट्टै टुंगोमा पुग्ने बताउँदै आएका छन्।
निर्वाचनको कार्यतालिका पनि आइसकेको सन्दर्भमा छिट्टै निष्कर्षमा पुग्नुको विकल्प नभएको उनको भनाइ थियो।
भदौ ८, २०७९ बुधबार १०:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।