कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं : काठमाडौंको कलंकीस्थित खसीबजारमा गएराति टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा धादिङको छत्रेदेउराली–२ का १८ वर्षीय विश्वास रञ्जितकार रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका रञ्जितकारको उपचारका क्रममा राति सवा १० बजे राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कलंकीबाट बल्खुतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख २८९३ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा ८१ प ४१२९ नम्बरको मोटरसाइकललाई गएराति साढे ९ बजे ठक्कर दिएको ट्राफिक प्रहरी प्रभाग, कलंकीले जानकारी दिएको छ।
टिपर सहित चालकलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त कालिमाटीमा राखिएको छ।
भदौ ८, २०७९ बुधबार ०९:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।