प्रचण्डका घरबेटीको शैलुङ कन्ट्रक्सन कालोसूचीमा, तीन वर्षे प्रतिबन्ध

प्रचण्डका घरबेटीको शैलुङ कन्ट्रक्सन कालोसूचीमा, तीन वर्षे प्रतिबन्ध

काठमाडौं : सरकारले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी शारदाप्रसाद अधिकारीको शैलुङ कन्ट्रक्सन कम्पनीलाई कालोसूचीमा राखेको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले सडक सुधार तथा विकास आयोजना निर्देशनालयको सिफारिसमा अधिकारीको कम्पनीलाई तीन वर्षकाका लागि कालोसूचीमा राखेको हो। कम्पनी अधिकारीका छोरा अनुप अधिकारीको नाममा छ। 

शैलुङले ठेक्का पाएको भक्तपुर–नगरकोट–सिपाघाट सडक योजना र त्रिशुली÷छहरे–विदुर सडक योजनाको काम पटक–पटक समय थप्दा पनि सम्पन्न नगरेको भन्दै निर्देशनालयले सिफारिस गरेको थियो।

योसँगै सार्वजनिक खरिद अनुगनमन कार्यालयले अन्य नौ निर्माण व्यवसायी एवं आपूर्तिकर्तालाई पनि कालोसूचीमा राखिएको छ। कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा उनीहरूले भाग लिन पाउने छैनन्।

भदौ ८, २०७९ बुधबार ०९:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।