निर्वाचन पर्यवेक्षण अनुमतिका लागि निवेदन दिन आयाेगकाे आह्वान

काठमाडाैं : निर्वाचन आयाेगले निर्वाचन पर्यवेक्षण अनुमतिका लागि राष्ट्रिय संस्थाहरूलाई आह्वान गरेकाे छ।
बुधबार सार्वजनिक सूचना निकालेर आयाेगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थाहरूले ताेकिएकाे ढाँचामा निवेदन पेश गर्न आह्वान गरेकाे हाे।
निर्वाचन पर्यवेक्षण व्यवस्थापन प्रणालीमा रहेका राष्ट्रिय संस्थाहरूलाई मात्र पर्यवेक्षणकाे अनुमति दिइनेछ।
आयाेगले निर्वाचनसम्बन्धी कसुर गरी वा आचारसंहिता उल्लंघन गरी सजाय पाएकाे संस्था तथा यसअघिकाे निर्वाचनमा अनुमति लिइ पर्यवेक्षण नगरेकाे वा प्रतिवेदन पेश नगरेकाे संस्थालाई अनुमति नदिने स्पष्ट पारेकाे छ।
भदौ ८, २०७९ बुधबार ०९:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।