समानुपातिक निर्वाचनका लागि दल दर्ता गर्न आयाेगकाे आह्वान, दुई दिनमात्र समय

समानुपातिक निर्वाचनका लागि दल दर्ता गर्न आयाेगकाे आह्वान, दुई दिनमात्र समय

काठमाडाैं : निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेश गर्न आह्वान गरेकाे छ।

बुधबार सार्वजनिक सूचना जारी गर्दै आयाेगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा समानुपातिकतर्फ भाग लिन चाहने राजनीतिक दललाई निवेदन दिन आह्वान गरेको हो।

सूचनामा भदाै १० गतेदेखि १२ गतेसम्म मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा निवेदन दिनुपर्ने उल्लेख छ।

गत साउनमा निर्वाचन प्रयोजनका लागि दल दर्ता आह्वान गर्दा देशभर ८७ दलले आयोगमा दल दर्ता गराएका थिए।

भदौ ८, २०७९ बुधबार ०८:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।