शिक्षक र कर्मचारीमाथि बालेनकाे 'एक्सन', दलीय आवद्धता त्याग्न निर्देशन

शिक्षक र कर्मचारीमाथि बालेनकाे 'एक्सन', दलीय आवद्धता त्याग्न निर्देशन

काठमाडाैं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले शिक्षक र कर्मचारीहरूलाई दलीय आवद्धता त्याग्न निर्देशन दिएका छन्।

सार्वजनिक सूचना जारी गर्दै मेयर शाहले महानगरपालिका अन्तर्गतका शिक्षक तथा कर्मचारीको दलीय आवद्धता भए तत्काल त्याग्न उनले निर्देशन दिएका हुन्।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा सरकारी शिक्षक र कर्मचारीले दलको सदस्यता लिन नपाइने व्यवस्था रहेको उल्लेख गर्दै उनले दलमा आवद्ध नहुन सचेत गराएका हुन्।

ऐनको दफा १४ को उप दफा २ को खण्ड ग ले कुनै पनि सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थाको बहालवाला प्राध्यापक, शिक्षक, कर्मचारीलाई राजनीतिक दलको सदस्यता दिन नहुने व्यवस्था रहेको उनले स्मरण गराएका छन्।

कुनै शिक्षक वा कर्मचारी दलमा आवद्ध भएको पाइएमा आफ्नो इमेलमा जानकारी दिनसमेत उनले अपिल गरेका छन्।

भदौ ८, २०७९ बुधबार ०८:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।