बुधबार देशभर हल्कादेखि सामान्य वर्षा हुने

काठमाडौ : देशका सातै प्रदेशमा बुधबार दिउँसो हल्कादेखि सामान्य वर्षा हुने भएकाे छ।
प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कणाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाले जनाएको छ।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदरभन्दा दक्षिण र पूर्वतर्फ सरदरभन्दा उत्तरमा रहेको अहिले कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशमा हल्का वर्षा भइरहेको छ।
यस्तै बुधबार राति भने देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली देखि सामान्यतया सफा रहनेछ।
प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
भदौ ८, २०७९ बुधबार ०८:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।