सिट बाँडफाँट कार्यदलको बैठक निष्कर्षविहीन, संयोजक सिटौला बिरामी

सिट बाँडफाँट कार्यदलको बैठक निष्कर्षविहीन, संयोजक सिटौला बिरामी

काठमाडौ : सत्ता गठबन्धनको सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक मंगलबार पनि निष्कर्षविहीन भएको छ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कार्यदलका सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सहमतिको नजिक पुगेको जानकारी दिए।

कार्कीले कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला बिरामी भएकाले पनि मंगलबारको बैठक प्रभावकारी नभएको बताए।

बैठकमा धेरै मोडालिटीबाटरे छलफल भएको बताउँदै उनले आफूहरू चाँडै नै निष्कर्षमा पुग्ने बताए। निर्वाचनको कार्यतालिका प्रकाशित भइसकेको अवस्थामा अब धेरै दिन नलगाउने उनको भनाइ छ।

बैठक बुधबार साँझ ५ बजे पुनः बस्नेछ।

भदौ ७, २०७९ मंगलबार १९:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।