अण्डरवेयरमा टाँसेर सुन तस्कर गर्नखोज्ने भारतीय नागरिक पक्राउ

अण्डरवेयरमा टाँसेर सुन तस्कर गर्नखोज्ने भारतीय नागरिक पक्राउ

काठमाडौं : प्रहरीले अवैध रूपमा भन्सार छलेर ल्याएको ७ सय ७७ ग्राम सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दिल्लीका ३४ वर्षीय विकास महाजन रहेका छन्। उनलाई काठमाडौं महानगरपालिका–९ सिनामंगल गोल्डेन गेटस्थित पार्किङबाट सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

महाजनले सुनलाई सेण्डो र अण्डरवेयरमा टाँसेका थिए। उनको साथबाट प्रहरीले १९ हजार ५ सय भारतीय रूपैयाँ र ४ सय २० युएई दिराम पनि प्रहरीले बरामद गरेको छ।

उनले ७ सय ग्राम सुन दुवईबाट भारततर्फ लैजाने लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको काठमाडौं उपत्यका अपराध कार्यालय, मीनभवनले जनाएको छ।

महाजनलाई बरामद सामग्रीसहित भन्सार छली सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको छ।

भदौ ७, २०७९ मंगलबार १८:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।