डलर देखाएर श्रृङ्खलाबद्ध ठगी, सस्तोमा साटिदिने भन्दै एकान्तमा बोलाएर लुटपाट

डलर देखाएर श्रृङ्खलाबद्ध ठगी, सस्तोमा साटिदिने भन्दै एकान्तमा बोलाएर लुटपाट

काठमाडौं : सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभनमा पारेर श्रृङ्खलाबद्ध ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ थला डाँडा घर भएर काठमाडौं बौद्ध आरुबारी बस्ने समिर भन्ने ३२ वर्षीय संजय तामाङ र ललितपुर धापासीहाइट बस्ने ३१ वर्षीय विष्णु तामाङ रहेका छन्। 

१५ लाख रुपैयाँ बराबरको अमेरिकी डलर साट्न लागेको अवस्थामा उनीहरूलाई टोखास्थित युनिक कोलोनीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

उनीहरूले पटक–पटक पीडितलाई फोन गरी अमेरिकी डलर सस्तो दररेटमा साटिदिने प्रलोभनमा उपत्यकाका विभिन्न स्थानमा बोलाएर लाखौं रूपैयाँ लुटपाट गरेको प्रहरीले जनाएको छ।

आरोपीहरूलाई ठगी एवं विदेशी विनियम ऐन अन्तर्गत मुद्दामा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ।

भदौ ७, २०७९ मंगलबार १८:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।