सरकारी कर्मचारीकाे तलब पुनरावलाेकन गर्न ‘उच्चस्तरीय तलब सुविधा आयोग’ गठन

सरकारी कर्मचारीकाे तलब पुनरावलाेकन गर्न ‘उच्चस्तरीय तलब सुविधा आयोग’ गठन

काठमाडौं : सरकारले पूर्वमुख्यसचिव लिलामणि पौड्यालको नेतृत्वमा ‘उच्चस्तरीय तलब सुविधा आयोग’ गठन गरेको छ।

सोमबारको मन्त्रिपरिषद् बैठकले राष्ट्र सेवक कर्मचारी र श्रमिकहरूको न्यूनतम तलब, भत्ता, पारिश्रमिक र सुविधा पुनरावलोकन गर्न अध्ययन गरी  सरकारलाई सिफारिस गर्ने कार्यादेशसहित उच्चस्तरीय आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

उनले भने, ‘देशको आर्थिक अवस्था र खर्च वहन गर्न सक्ने क्षमता समेतको आधारमा उनीहरूको न्यूनतम तलब, भत्ता, पारिश्रमिक र सुविधा पुनरावलोकन गरी सरकारलाई सिफारिस गर्न पूर्वमुख्यसचिव पौड्यालको नेतृत्वमा उच्चस्तरीय आयोग गठन गर्ने निर्णय भएको छ।’

भदौ ७, २०७९ मंगलबार १७:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।