थप ६ सय ३४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

थप ६ सय ३४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौं : नेपालमा थप ६ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ४९ परीक्षण गर्दा ६ सय ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार यो अवधिमा थप १ जना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय ९४ पुगेको छ।

यस्तै, १६ हजार ६ सय ५३ जनाले एकदिनमा कोरोनाविरुद्धको खोप लगाउँदा ४ सय १७ जना संक्रमणमुक्त भएका छन्।

देशभर ४ हजार २ सय २१ जना कोरोना सक्रिय संक्रमित छन्।

भदौ ७, २०७९ मंगलबार १६:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।