विदेशी नागरिकहरू पुनः नेपालबाट तेस्रो मुलुक जान पाउने

काठमाडौं : विदेशी नागरिकले पुनः नेपालबाट तेस्रो मुलुक जान पाउने भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विमानस्थलमा मात्र ट्रान्जिट हुनेबाहेक विदेशी नागरिकलाई नेपालबाट तेस्रो मुलुकमा जान प्रस्थान अनुमति नदिने २०७८ वैशाख १३ गतेको मन्त्रिपरिषद् निर्णय खारेज गरेसँगै पुनः उनीहरू नेपालबाटै तेस्रो मुलुक जान पाउने भएका हुन्।
यसअघि कुनै पनि देशबाट नेपाल आएपछि उनीहरू अन्य देश नगई आफ्नै देश फर्कनुपर्थ्यो।
गत वर्ष बैशाखमा कोरोना महामारीका कारण सरकारले अन्य देश जान नपाउने निर्णय गरेको थियो। उक्त समयमा पनि नेपाल प्रवेश गरिसकेको विदेशी नागरिकको हकमा भने अन्य देशमा जान पाउने व्यवस्था गरिएको थियो।
भदौ ७, २०७९ मंगलबार १६:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।