सभामुख सापकोटाद्वारा खानेपानी विधेयक प्रमाणित

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले ‘खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणित गरेका छन्।
प्रतिनिधि सभामा उत्पत्ति भएर दुवै सदनबाट पारित भएको उक्त विधेयक सभामुख सापकोटाले मंगलबार प्रमाणित गरेकाे सभामुखकाे सचिवालयले जनाएकाे छ।
सभामुखले प्रमाणित गरेसँग विधेयक अब प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ जानेछ। राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेसँग विधेयकले ऐनको रूप लिएर कार्यान्वयन हुनेछ।
भदौ ७, २०७९ मंगलबार १५:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।