एमालेको आग्रहमा प्रतिनिधि सभा बैठक १३ गतेसम्मका लागि स्थगित

एमालेको आग्रहमा प्रतिनिधि सभा बैठक १३ गतेसम्मका लागि स्थगित

काठमाडौं : एमालेको आग्रहमा प्रतिनिधि सभाको बैठक भदौ १३ गतेसम्मका लागि स्थगित गरिएको छ।

१२ गतेसम्म पार्टीका विभिन्न कमिटीका बैठक भएको भन्दै एमाले संसदीय दलले प्रतिनिधि सभाको बैठक नराख्न गरेको अनुरोध सभामुखले स्वीकार गरेका हुन्।

एमालेको मंगलबार स्थायी कमिटी बैठक बस्दैछ। ९ गते पोलिटब्यूरो बैठक राखेको उसले १० र ११ गते केन्द्रीय कमिटी तथा १२ गते निर्वाचन परिचालन कमिटीको बैठक राखेको छ।

यसअघि राष्ट्रिय सभाको बैठक भने सोमबार नै १२ गतेसम्मका लागि स्थगित गरिएको छ। राष्ट्रियसभा अध्यक्ष पूर्वका विभिन्न जिल्लाहरूमा आयोजना हुने कार्यक्रममा जाने भएकाले बैठक स्थगित गरिएको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सचिवालयले जनाएको छ।

भदौ ७, २०७९ मंगलबार १५:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।