११ वर्षीया बालिका बलात्कारको आरोपमा १८ वर्षीय किशोर पक्राउ

कैलाली : ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १८ वर्षीय किशोरलाई पक्राउ गरेको छ।
टीकापुर नगरपालिका–७ वेलुवा बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
किशोरले ती बालिकालाई आइतबार साँझ जबरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय, टीकापुरले जनाएको छ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
भदौ ७, २०७९ मंगलबार १५:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।