नारायणीमा टिभिएसको ‘अपाचे ओनर ग्रुप’ राइड, ४० जना राइडर सहभागी

नारायणीमा टिभिएसको ‘अपाचे ओनर ग्रुप’ राइड, ४० जना राइडर सहभागी

काठमाडौं : टिभिएसले ‘अपाचे ओनर ग्रुप’ नामक राइड आयोजना गरेको छ।

भदौ ४ गते चितवनको नारायणगढको मल्लश्री मोटर्स प्रा.लि.बाट सौराहाको होटल पार्क ल्याण्डसम्म भएको राइडमा ४० जना राइडर सहभागी थिए।

त्यस क्रममा सहभागी राइडरहरूलाई वसन्त रानाले सवारी तथा सडक सुरक्षा सम्बन्धी जानकारी दिएका थिए।

टिभिएसले यसअघि एओजी राइड कार्यक्रम अन्तर्गत काठमाडौं, कोशी, गण्डकी र लुम्बिनी च्यापटरमा सम्पन्न गरिसकेको छ भने आगामी समय सेती, बाँके र मेची च्याप्टरमा अभियान सञ्चलान गर्ने जनाएको छ।

जगदम्बा मोटर्स प्रा. लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एक मात्र आधिकारिक वितरक हो। नेपालभर यसका १३२ भन्दा बढी डिलरहरू छन्।

भदौ ७, २०७९ मंगलबार १४:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।