'सनसिल्क दशैं भाइब्स'काे उपाधि देउला, कार्की र चिमरियालाई, बने ब्राण्ड एम्बेस्डर

काठमाडाैं : सनसिल्क नेपालकाे 'सनसिल्क दशैं भाइब्स'काे उपाधि आशिना देउला, प्रतिमा कार्की र लालना चिमरियाले संयुक्त रूपमा जितेका छन्।
राजधानीमा भएकाे फिनालेमा पुग्दै तीन जनाले संयुक्त रूपमा उपाधि जितेका हुन्। विजयी भएसँगै उनीहरूले 'सनसिल्क ग्याङ्ग अफ गर्ल्स'को ब्राण्डसँग आबद्धसमेत भएका छन्। याेसँगै उनीहरूसनसिल्कका ब्राण्ड एम्बेसडर द्वय प्रिन्सी र प्रिज्माका साथमा ब्राण्डको प्रतिनिधित्वमा जाेडिएका छन्।
प्रतियोगिताको विजेताका रूपमा उनीहरूले नेपालमा नै पहिलाेपटक लन्च भएकाे 'सीमित विशेष दशैं प्याक'मा प्रस्तुत हुने अवसर पाएका छन्। हेयरफल सोलुसन, ब्ल्याक साइन र पर्फेक्ट स्ट्रेट नाम दिइएकाे यी प्याकहरूले नेपालको लाखौं घरहरूमा स्थान पाउने कम्पनीकाे अपेक्षा छ।
सनसिल्क नेपालकाे उत्पादक कम्पनी युनिलिभरका प्रबन्ध निर्देशक आमलन मुखर्जीले विजेताहरूलाई बधाई दिँदै उपभोक्ताले मनाउने स्थानीय चाडपर्व र संस्कृतिसँगै ब्राण्डहरूलाई आबद्ध गराउन चाहेकाे बताए।
भदौ ७, २०७९ मंगलबार १४:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।