बन्दविरुद्ध जागे बनेपाली: सवारी तोडफोड गर्न खोज्नेले खाए कुटाइ, भिडियो भाइरल

बन्दविरुद्ध जागे बनेपाली: सवारी तोडफोड गर्न खोज्नेले खाए कुटाइ, भिडियो भाइरल

काठमाडौंः बनेपामा बन्द गराउँदै हिँड्ने र सवारी तोडफोड गर्न खोज्ने बन्दकर्तालाई स्थानीयले कुटेका छन्। आज बिहान बनेपाका स्थानीयले सवारी साधनमाथि ढुङ्गा हानेर तोडफोड गर्न खोज्ने युवालाई घेरेर कुटेका हुन्।

ती बन्दकर्तामाथि कुटपिट भएपछि प्रहरी पनि घटनास्थलमा पुगेको थियो। प्रहरी आएपछि स्थानीयले उनलाई प्रहरीलाई जिम्मा लगाएका थिए। कुटाइ खाएर बन्दकर्ताको लुगा च्यातिएको छ। बन्दकर्तालाई स्थानीयले मुक्का र झापड हानेका छन्।

यतिबेला सामाजिक सञ्जालमा यो भिडियो भाइरल भइरहेको छ।

विप्लव नेतृत्त्वको नेपाल कम्युनिष्ट पार्टीसहित विभिन्न चार राजनीतिक दलले आज नेपाल बन्दको आह्वान गरेका थिए। कुटाइ खाने युवा यी चारमध्ये एक राजनीतिक दलको कार्यकर्ता भएको प्रहरीले जनाएको छ।

बन्दको प्रभाव देशभर सामान्य छ। काठमाडौंमा बिहान सवारी खासै नचले पनि अहिले भने सडकमा बाक्लै सवारीको उपस्थिति छ।

यद्यपि धेरै स्थानमा बन्दको प्रतिकार भइरहेको छ।

भदौ ७, २०७९ मंगलबार ११:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।