आयोजना प्रभावितलाई इष्टर्न हाइड्रोपावरले खुलायो आईपीओ

काठमाडौंः इष्टर्न हाइड्रोपावर लिमिटेडले आजबाट आईपीओ खुलाएको छ। आयोजना प्रभावित स्थानीयका लागि कम्पनीले आईपीओ निष्काशन गरेको हो।
कम्पनीले ६ लाख २० हजार कित्ता शेयर जारी गरेको हो। आईपीओमा आयोजना प्रभावित भोजपुर जिल्लाका सम्पूर्ण स्थानीयले आवेदन दिने सक्नेछन्।
आईपीओ भर्ने म्याद भदौ २१ गतेसम्म रहेको छ। त्यस अवधिमा मागबमोजिम आवेदन नपरे असोज ५ गतेसम्म म्याद थपिनेछ।
केयर रेटिङ्ग नेपाले कम्पनीलाई 'केयर एनपी बी प्लस इस्यूअर' रेटिङ्ग प्रदान गरेको छ। यो भनेको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको हो।
कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ। आवेदकले एनएमबी बैंक, ग्लोबल आईएमई बैंक, प्रभु बैंक र लक्ष्मी बैंकका भोजपुर शाखाहरूबाट आवेदन दिन सक्ने बताइएको छ।
भदौ ७, २०७९ मंगलबार ०९:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।