मधेश प्रदेशका मुख्यमन्त्रीलाई हटाउने योजना छैन: उपेन्द्र यादव

मधेश प्रदेशका मुख्यमन्त्रीलाई हटाउने योजना छैन: उपेन्द्र यादव
फाइल तस्बिर

काठमाडौं: जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पदबाट राजीनामा दिन निर्देशन निदिइएको बताएका छन्। आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले तत्काल पदबाट कुनै योजना समेत नरहेको स्पष्ट पारेका छन्।

यादवले भने, “मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन पार्टीले निर्देशन दिएको छैन र तत्काल पदबाट हटाउने योजना समेत छैन।”

यस्तै उनले मुख्यमन्त्री राउतलाई राजीनामा गर्न दबाब दिएको भनी आएको समाचारमा पनि सत्यता नरहेको बताए।

यसैबीच मधेश प्रदेशका मुख्यमन्त्री राउतले पनि आफूलाई राजीनामा दिन कुनै निर्देशन नआएको जानकारी दिएका छन्।

भदौ ७, २०७९ मंगलबार ०९:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।