जबर्जस्ती बन्द गराउँदै हिँडेका आठ जना पक्राउ

जबर्जस्ती बन्द गराउँदै हिँडेका आठ जना पक्राउ

बुटवलः जबर्जस्ती बन्द गराउँदै हिँडेका आठ जना बन्दकर्ता दाङबाट पक्राउ परेका छन्। तुलसीपुर र घोराहीबाट उनीहरूलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले जानकारी दिए।

सवारी संचालनमा अवरोध गर्ने, चाबी खोस्ने, धम्काउने जस्ता कार्य गरेको हुँदा उनीहरूलाई नियन्त्रणमा लिनु परेको मल्लले बताए।

आज नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्त्वको नेपाल कम्युनिष्ट पार्टीसहित विभिन्न चार दलले बन्दको आह्वान गरेका छन्। विप्लवसहितका नेतामाथि पक्राउ पुर्जी जारी भएपछि बन्दको आह्वान गरिएको हो।

भदौ ७, २०७९ मंगलबार ०९:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।