कैलालीका दुई स्थानमा शंकास्पद वस्तु फेला, टिफिनको बट्टा र प्रेसर कुकर बमजस्तो

काठमाडौंः नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्त्वको नेपाल कम्युनिष्ट पार्टीसहित चार राजनीतिक दलले आह्वान गरेको बन्दका दिन बिहानै कैलालीका दुई स्थानमा शंकास्पद वस्तु फेला परेका छन्। गोदावरी नगरपालिका–१ मोहनापुल-अत्तरिया ६ लेन सडकखण्ड र पूर्वपश्चिम राजमार्ग अन्तर्गत हरैया शिविर नजिकै दुई स्थानमा ती वस्तु फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अत्तरियामा टिफिनको बट्टाजस्तो र हरैयामा प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको हो।
चार राजनीतिक दलले बन्दको आह्वान गरेकाले उनीहरूले नै ती शंकास्पद वस्तु राखेको हुनसक्ने आकलन गरिएको छ।
हाल घटनास्थलमा पुगेर नेपाली सेनाको बम डिस्पोजल टोलीले शंकास्पद वस्तु निष्क्रिय पार्ने तयारी थालेको छ।
भदौ ७, २०७९ मंगलबार ०८:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।