प्रतिनिधि सभाको बैठक बस्दै, बेपत्ता पारिएका व्यक्तिको छानबिन सम्बन्धी विधेयक प्रस्तुत हुने

काठमाडौं: प्रतिनिधि सभाको बैठक आज बस्दैछ। ११औं अधिवेशनको ५८औं बैठक आज बिहान १० बजे बस्दैछ।
आजको बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत गरिने कार्यसूची रहेको छ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले सो विधेयक प्रस्तुत गर्ने संसद्को सम्भावित कार्यसूची रहेको छ।
यसैगरी बैठकमा “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिएका छन्।
भदौ ७, २०७९ मंगलबार ०८:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।