काभ्रे प्रशासनमा ३० जनाभन्दा बढी मिटरब्याजीविरुद्ध पर्‍यो उजुरी

काभ्रे प्रशासनमा ३० जनाभन्दा बढी मिटरब्याजीविरुद्ध पर्‍यो उजुरी

काभ्रे: जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा ३० जनाभन्दा बढी मिटरब्याजीविरुद्ध उजुरी परेको छ। १७ पीडितले दिएको उजुरीमध्ये केही सहकारी समेत रहेको प्रशासन कार्यालयले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारका अनुसार उजुरीबारे अध्ययन भइरहेको छ। यस्तै आरोपितको खोजी सुरु गरिएको छ।

सरकारले गत साउनमा यही भदौ ५ गतेभित्र मिटरब्याजीविरुद्ध सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सार्वजनिकरूपमा अपिल गरेको थियो।

सरकारले मिटरब्याजीलाई कस्तो कारबाही गर्ने भन्नेबारे निर्णय नभएको जनाएकाले उजुरी गर्ने पीडित र पीडकको नाम गोप्य राखिएको छ।

मिटरब्याज लिनेमा सहकारी संस्था पनि रहेका छन्। केही सहकारीका प्रबन्धक र सञ्चालकविरुद्ध पनि कार्यालयमा उजुरी दर्ता भएको जनाइएको छ।

भदौ ७, २०७९ मंगलबार ०८:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।