बन्दको अवज्ञा गरेको भन्दै दाङमा टिपरमा आगजनी

फाइल तस्बिर
बुटवलः बन्दको अवज्ञा गरेको भन्दै दाङमा आज बिहान टिपरमा आगजनी भएको छ। बबई खोला पुल नजिकै घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा१ख १६९४ नम्बरको टिपरमा बिहान ४ बजे आगजनी गरिएको हो।
टिपरको अघिल्लो भाग जलेर नष्ट भएको छ। आगजनी गर्ने पक्षबारे केही नखुले पनि बन्दको अवज्ञा गरेका कारण आगजनी भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख तथा प्रहरी निरीक्षक सुरेशप्रसाद काफ्लेले बताए।
उनका अनुसार टिपरमा आगो लगाएको विषयमा थप अनुसन्धान भइरहेको छ।
भदौ ७, २०७९ मंगलबार ०८:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।