बुटवलका सडकमा बन्दकर्ता छैनन्, निजी सवारी चलेका छन्

बुटवलः नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्त्वको नेपाल कम्युनिष्ट पार्टीसहित चार कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव बुटवलमा सामान्य परेको छ। नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्डलगायतका नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको विरोधमा चार पार्टीले आज नेपाल बन्दको घोषणा गरेका गरेका थिए।
आज बिहानैबाट बुटवलमा बन्दको सामान्य प्रभाव छ। लामो तथा छोटो दूरीका सार्वजनिक सवारी चलेका छैनन्। बजार, स्कुल बन्द छन्।
तथापि केही निजी सवारी साधन र मालवाहक सवारी भने आशिंक चलेका छन्।
बुटवलको सडकमा बन्दकर्ता छैनन्। चोकचोकमा प्रहरी परिचालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बन्दका क्रममा कुनै क्षतिको घटना भएका छैनन्।
भदौ ७, २०७९ मंगलबार ०८:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।