मङ्गलबारको मौसम: केही स्थानमा चट्याङसहित वर्षा

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानमा र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा अवस्थित रहेको छ।
यतिबेला देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।
आज दिउँसो प्रदेश १, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै भूभागहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
आज राति मधेश प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १ र मधेश प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
भदौ ७, २०७९ मंगलबार ०७:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।