वार्षिक ५५ लाख रूपैयाँ कमाउने गरि नेपाली स्वास्थ्यकर्मी बेलायत पठाउने समझदारी

वार्षिक ५५ लाख रूपैयाँ कमाउने गरि नेपाली स्वास्थ्यकर्मी बेलायत पठाउने समझदारी

काठमाडौं : नेपालबाट बेलायतमा स्वास्थ्य जनशक्ति पठाउनेसम्बन्धी द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सो समझदारीपत्रमा हस्ताक्षर गरे।

समझदारीअनुसार नेपालका स्वास्थ्य क्षेत्रका जनशक्तिले बेलायतमा रोजगारीका अवसर प्राप्त गर्नेछन्। रोजगारीका लागि बेलायत जाने श्रमिकले कुनै पनि शुल्क तिर्नुपर्ने छैन।

पाँच वर्षका लागि बेलायतमा काम गर्न पाउने उनीहरूको वार्षिक तलब ५५ लाख रूपैयाँ हुनेछ।

भदौ ६, २०७९ सोमबार २२:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।